+
+

पञ्चेश्वर गाउँपालिका उपाध्यक्षमाथि कार्यकक्षमै हातपात, १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १९:१२

२६ फागुन, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले रक्सीले मातेर शुक्रबार कार्यकक्षमा प्रवेश गरेर आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए । ‘मदिरा सेवन गरेर चन्द आफ्नो कार्यकक्षमा प्रवेश गर्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष ज्यूले निवेदन दिएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ,’ जोशीले भने, ‘घटनाबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउछौँ ।’

उपाध्यक्ष भट्ट भने चन्दविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय पाटन पुगेकी छन् । गाउँपालिकामा विद्युत विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिन लागेको बताइन् ।

भट्टले दुर्व्यवहार गर्ने चन्दलाई कारबाहीको माग गर्दै गाउँपालिका महासंघमा समेत उजुरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?