+
+

४ लाख नगदसहित मोरङबाट हुण्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १९:५६

२६ फागुन, मोरङ । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१५ सुडी बस्‍ती बस्ने ३१ वर्षीय धर्मानन्द साह रहेका छन् ।

विहीबार दिउँसो २९ प ९७३९ नम्बरको मोटरसाईकलमा चेकजाँचका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको उनको साथबाट नेपाली नगद रु ४ लाख ७५ हजार, विभिन्न बैंकको चेक, एटीएम कार्ड, भौचर र मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि हुण्डीसम्बन्धी कसूरमा ५ दिन म्‍याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?