+
+

काठमाडौंवासीलाई गिज्याइरहेको वाग्मती

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते १८:३४
किर्तिपुर छेउबाट देखिएको वागमती नदि किनारको फोहोर ।

२७ फागुन, काठमाडौं । वाग्मती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दूहरुका लागि जन्मदेखि मरणोपरान्त वाग्मती नदीको आवश्यक्ता त्यत्तिकै छ ।

हिन्दूहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि वाग्मती नदीको आवश्यक्ता र औचित्य हिन्दूसमान छ ।

वाग्मती नदीको सभ्यता धेरै गर्विलो छ । वाग्मती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो ।

ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको वाग्मती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौं भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन ।

पछिल्लो समय वागमती सरसफाइ अभियानसँगै वाग्मतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने छैन ।

ढल, फोहोर र दूर्गन्धपूर्ण वाग्मती नदी स्वच्छ, सफा र सुन्दर वाग्मती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि वाग्मती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ । तर काठमाडौंवासी नै वाग्मतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्ने कुराबाट टाढा छन् ।

चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा कालो वाग्मती नदी।

काठमाडौं उपत्यकाभित्र त वाग्मती फोहोर छ । चोभार नजिकबाट काठमाडौं बाहिरिने क्रममा पनि कालो वाग्मती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ ।

काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुमबासीले वाग्मती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित वाग्मती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित सहरलाई गिज्याउँछ ।

काठमाडौं उत्तरबाहिनीस्थित वाग्मती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट वागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक वाग्मती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट वाग्मती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको वाग्मती र सुकुमबासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ ।

यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि वागमतीले आफ्नो पुरानो लय समात्नेछ ।

तस्वीर : न्युज एजेन्सी नेपाल

काठमाडौंको बल्खुस्थित वाग्मती नदिमा छाडा गाईगोरु ।
काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्बसीले बनाएको टहरा ।
गोकर्णस्थित वागमती नदी किनारमा बनाइएको शौचालय ।
काठमाडौं उत्तरबाहिनीस्थित वाग्मती नदिमा मिसाइएको नाली ।
तीनकुने सुकुम्बासी बस्तीका एक युवक वागमती किनारमा टोलाउदै ।
ललितपुर देविचौर र काठमाडौंको छैमले बीचबाट बगेको वाग्मती नदी र फोहोरका कारण निस्केको फिज ।
बुङमती हुँदै बगेको वाग्मती ।
ललितपुर सानेपाबाट वाग्मतीमा मिसाइएको ढल ।
कुलेश्वर छेउको वाग्मती र सुकुम्बासी बस्ती ।
बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर ।
कुपण्डोल युएन पार्कनजिक वाग्मती नदि किनारमा भत्केको बार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?