+
+
Shares

राराब क्याम्पसको स्ववियु सभापतिमा ६ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते २०:३८

२७ फागुन, जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनका संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले उम्मेदवारी दिएका छन् । उनी जसपाका उम्मेदवार हुन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपाको विद्यार्थी संगठन रहेका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, जनमत पार्टीको विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिषेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जनाले उम्मेदवारी दर्ता गराएका क्याम्पसको स्ववियु निर्वाचन समितले जनाएको छ । राराबको स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना र समानुपातिक तर्फबाट  १० जना छानिनेछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?