+
+

एमबाप्पेले इन्जुरी टाइममा गोल गरेपछि पीएसजी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ७:५४

२८ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले इन्जुरी टाइममा गोल गरेपछि फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति ब्रेस्टलाई २-१ ले पराजित गरेको छ ।

ब्रेस्टको मैदानमा भएको खेलमा कार्लोस सोलरले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर फ्रांक होनोरटले होनवरेटले ४३औं मिनेटमा गोल गर्दै ब्रेस्टले खेल बराबरी गर्‍यो ।

बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी टाइमा लिओनल मेसीको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई जित दिलाए ।

जितपछि पीएसजीले २७ खेलबाट ६६ अंक जोडेको छ । पीएसजीले दोस्रो स्थानको मार्सेमाथि ११ अंकको अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?