+
+

सरकारी बाँकी रकम नतिर्नेहरुको तीनपुस्ते सार्वजनिक, भुक्तानी गर्न ३५ दिने म्याद

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते ११:०१

२९ फागुन, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिरेकाहरुको नामावली सार्वजनिक गरेको छ ।

उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले आजको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न भनेको छ ।

उक्त म्यादभित्र रकम नतिरेमा थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार नहुने महालेखा नियन्त्रक कार्यालयले चेतावनी दिएको छ ।

सरकारी बाँकी रकम नतिर्नेहरुमा ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारी लगायत छन् ।

कतिपय अमेरिका र भारत ठेगाना भएकाहरु कम्पनीका सन्चालकको नाम पनि सूचीमा छ ।

नेपाल रिक्रियसन सेन्टरको मात्रै ९० करोड रुपैयाँभन्दा बढी बक्यौता छ ।

यस्तै दि फुलबारी लिमिटेड पोखराको ४१ करोडभन्दा बढी र होटल याक एण्ड एतीको २० करोडभन्दा बढी बक्यौता छ । लामा कन्स्ट्रक्सन, खुम्बु कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीका सन्चालकको नाम पनि सरकारी बाँकी रकम नतिर्नेहरुको सूचीमा छ ।

हेर्नुहोस् नामावली –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?