+
+

रुपाताल छेउमा चैत १५ गते सिस्टेनी मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १६:५२

३० फागुन, पोखरा । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ ।

रुपाताल खोलाको छेउमा परापूर्वकालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।

मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्वकालदेखि लाग्दै आएको मेलालाई ब्युँताउन लागिएको बताए ।

‘रुपाताल छेउमा पहिले चैते दसैंको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागिता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे,’ अध्यक्ष गुरुङ भने, ‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामग्री किन्ने गतिलो अवसर यही मेला थियो ।’

मेलाकै अवसरमा साविक वडास्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता हुने शान्ति बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङजालगायतका जिल्लाबाट २० टिम सहभागी हुने अनुमान रहेको उनले जनाए ।

भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेताले पुरस्कार ३० हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार, अनुसासति टिमलाई ५ हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् ।

यसैगरी उत्कृष्ट खेलाडी, बेस्ट सटर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डफेन्डर र बेस्ट सिर्विस गर्नेलाई ट्रफि र जर्सी पुरस्कार दिइने परिवारका अध्यक्ष फसेल बहादुर गुरुङले बताए ।

भलिबल टिम दर्ता मिति १०७९ चैत १४ देखि १५ गते दुई बजेसम्म गरि सक्नुपर्नेछ । साथै टिम दर्ता शुल्क पाँच हजार रुपैयाँ लाग्नेछ । छेलो प्रतियोगितामा प्रथम पुरस्कार पाँच हजार रहेको छ भने दर्ता शुल्क २५० रुपैयाँ लाग्नेछ ।

भाले प्रतियोगितामा प्रथम पुरस्कार भाले रहेको छ भने दर्ता शुल्क १०० राखिएको छ । यस्तै रस्साकस्सी प्रतियोगितामा प्रथमले पाँच हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार पाउँनेछ । जसका लागि दर्ता शुल्क २५० रुपैयाँ लाग्नेछ भने टिममा ५ जना महिलासहित १२ जना हुनुपर्नेछ ।

मेला सम्पन्न गर्नको लागि ३ लाख ९९ हजार रुपैयाँ खर्च हुने र २ लाख २५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको अर्थ संकलन समितिका सहसंयोजक सुवेदार तुलबहादुर गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?