+
+

प्याट्रियट्स कप अन्तरकलेज क्रिकेट शनिबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १७:३३

३० फागुन, काठमाडौं । ललितपुर प्याट्रियट्स प्रा.लि. को आयोजनामा प्याट्रियट्स कप दोश्रो अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १२ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ ब्लु बर्ड, ब्रिलियन्ट र टेक्सास तथा समूह ‘बी’ पिनाकल, गोल्डेनगेट र प्राइम रहेका छन् । काठमाडौं मोडल कलेज, काठमाडौं युनिभर्सिटी र केएफए समूह ‘सी’ मा छन् भने ओरियन्ट, हेटौडा स्कुल अफ म्यानेजमेन्ट र पब्लिक युथ कलेज समूह ‘डि’ मा छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई २५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५–१५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितामा जम्मा १५ खेल हुनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता निर्देशक सारोन जोशीले युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै प्रतिभावन खेलाडीको पहिचान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताइन् । सारोनले प्रतियोगिताबाट २ उत्कृष्ट खेलाडी छनोट गरी विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए । आयोजकका अनुसार प्रतियोगिताका लागि ५० लाख रुपैयाँ खर्च हुनेछ । आठदिने प्रतियोगिताका खेलहरु मूलपानी क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि ब्लु बर्डले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?