
३० फागुन, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो पालिकामा प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ ।
मंगलबार बसेको कार्यपालिका बैठकले उपमहानगर प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको मेयर मीना लामाले जानकारी दिइन् ।
उपमहानगरका अनुसार नगरको पूर्वमा वडा नम्बर १८ मा, पश्चिममा वडा नम्बर १९ मा, दक्षिणमा वडा नम्बर १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पायक पर्ने स्थानमा शौचालय निर्माण गरिने छ । ज
६६३ जनाको निःशुल्क बीमा गरिने
उपमहानगरले न्यून आय भएका गरिब तथा विपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । नगर स्तरीय स्वास्थ्य बीमा लाभग्राही छनोट समितिले ११ फागुन २०७९ मा गरेको निर्णयबाट भएको सिफारिस अनुसार उनीहरुको स्वास्थ्य बीमा गरिने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।
हेटौंडाको मुख्य बजार क्षेत्रका अव्यवस्थित बिजुलीको तार भूमिगत गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गर्ने निर्णय समेत भएको मेयर लामाले बताइन् । अव्यवस्थित बिजुलीको तारका कारण बजार क्षेत्र कुरुप देखिएकोले बजारको मुख्य क्षेत्रका तारहरुलाई भूमिगत गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको उनले बताइन् ।
हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रुपमा विकास गर्न ‘हाइ मास्ट’ बत्ती राख्ने निर्णय भएको उनले बताइन् । जसका लागि प्राधिकरणसँग छलफल भइरहेको उनले बताइन् ।
पहिलो चरणमा हाइ मास्ट बत्ती राख्नका लागि ६० लाख रुपैयाँ बजेट उपमहानगरले छुट्याइ सकेको शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले बताए ।
प्रतिक्रिया 4