+
+

सुनिता डंगोलको नेतृत्वमा उपत्यका उपप्रमुख सञ्जाल गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते २०:५२

३० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा ‘उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । मंगलबार भएको उपत्यकाका नगरपालिकाका  उपप्रमुखहरुको बैठकले सञ्जाल गठन गरेको हो ।

उपप्रमुखहरुको कामको विषयमा छलफल गर्न, काममा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य र समन्वय गर्न सञ्जाल गठन गरेको डंगोलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

‘एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरुको कार्य सम्पादनमा एकरुपता ल्याउन सञ्जालको महत्वपूर्ण भूमिका हुने भएर हामीले गठन गरेका हौं,’ डंगोलको भनेकी छन् ।

सञ्जालको हरेक महिना बैठक बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?