+
+

ट्वीटर एकाउण्ट ह्याकबारे अनुसन्धान गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १३:४८

३ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रुपमा आग्रह गरेको छ ।

शुक्रबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयले पत्र लेखेको हो । जहाँ ‘उक्त घटना के कसरी हुन गएको र अब उप्रान्त त्यस्ता कार्यहरु हुन नदिन अपनाउनुपर्ने सावधानी र उपाय सहितको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्न’ भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बिहीबार ट्वीटर एकाउण्ट ‘पिएमओ नेपालमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु’ भएको थियो ।

तर, बिहीबार नै ह्याक भएको उक्त ट्वीटर एकाउन्ट पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरु बताउँछन् ।

टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत अनधिकृत प्रवेश भएकाले त्यसबारे विस्तृत छानबिन गर्नका लागि प्रही प्रधान कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र लेखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?