+
+

शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि, सदभावलाई करिअरको पहिलो ट्रफी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १९:११

३ चैत, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले जितेका छन् ।

अन्तिम दिन २-अन्डर ७० स्कोर गर्दै समग्रमा २३-अन्डर २६५ मा उपाधि जितेका हुन् । यो स्कोरमा उनले सूर्य नेपाल गल्फ टुरमा ७२-होलको स्कोरको रेकर्ड समेत बराबरी गरे ।

सन २००८ को सूर्य नेपाल मास्टर्समा भारतीय समिम खानको २३-अन्डरको रेकर्ड बराबरी गरेका हुन् । यही प्रतियोगिताको दोस्रो दिन भने उनले ११-अन्डर ६१ खेल्दै नयाँ कोर्स रेकर्ड बनाएका थिए ।

भुवन नगरकोटीलाई ४ स्ट्रोकले हराउँदै करिअरको ११औं उपाधि जित्दा शुक्रले १ लाख ४० हजार प्राप्त गरे। ४-अन्डर ६८ अंक जोड्दै समग्रमा १९-अन्डर २ सय ६९ सहित दोस्रो भएका भुवनले ९० हजार हात पारे ।

४-अन्डर ६८ सहित समग्रमा १५-अन्डर २७३ मा सदभाव आचार्य तेस्रो भए । समग्रमा तेस्रो भएका १६ वर्षिय युवा गल्फर सदभावले पहिलो पटक एमेच्योरतर्फको उपाधि जितेका हुन् ।

उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवाश तामाङलाई एक स्ट्रोकले हराउँदै उपाधि जितेका हुन्। सुवाशले आज ७-अन्डर ६५ को स्कोर कार्ड बनाए ।

समग्रमा १४-अन्डर २ सय ७४ सहित चौंथो स्थान प्राप्त गरे । एमेच्योरतर्फ उनी दोस्रो भए ।

प्रोफेसनलतर्फ समग्रमा २-ओभर २९० सहित निरज तामाङ तेस्रो भए। उनले आज २-ओभर ७४ मा खेल सकाए । निरजले ६७ हजार प्राप्त गरे। ९-ओभर ८१ को खराब प्रदर्शन गरेका जयराम श्रेष्ठले समग्रमा ५-ओभर २ सय ९३ सहित चौंथो स्थानमा‌ प्रतियोगिता सकाए । उनले ५५ हजार नगद जिते।

यसैगरी ४-ओभर ७६ सहित समग्रमा २ सय ९४ सहित टंकबहादुर कार्की पाँचौ भए। १-ओभर ७३ खेल्दै ६-ओभर २ सय ९४ सहित रामे मगर छैटौं भए। यस्तै ९-ओभर ८१ स्कोर गर्दै ८-ओभर २ सय ९६ सहित शिवराम पौडेल सातौं भए ।

पाँचौ, छैटौ र सातौ भएका खेलाडीहरुले क्रमश ४७ हजार, ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे।‌

समग्रमा १०-ओभर २ सय ९८ सहित सञ्जय लामा, बलभद्र राई र रबि खड्काले आठौं स्थान बाँडे। उनीहरूले जनही ३२ हजार प्राप्त गरे। सञ्जयले १०-ओभर ८२, बलभद्रले ५-ओभर ७७ र रबिले १-अन्डर ७१ मा अन्तिम‌ दिनको खेल सकाए। शुक्रले १-ओभर ३७ मा फ्रन्ट नाइनको खेल सकाए।

पहिलो होलमा नै बोगी खेपेपनि दोस्रो, तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे। छैटौ होलमा एक सट खेर फाल्दा ३-पारको आठौं होलमा ट्रीपल बोगी खेपे।

नवौं होलमा भने एक सट बचाए। यसपछि ११औं, १२औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे। भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गर्ने क्रममा आठौं होलको बोगीका विरूद्ध तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १५औं र १६औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

राष्ट्रिय टिमका सदस्य सदभावले करियरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा अन्तिम दिन फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा पाँचौ र नवौं होलमा बोगी खेपे भने उनले ५-पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि सदभावले ११औं, १२औं र १५औं होलमा एक-एक सट बचाए भने १७औं होलमा बोगी प्रहार गर्दै ब्याक नाइन पनि २-अन्डर ३४ मा पुरा गरे।

सुवनशले ७-अन्डर ६५ को सानदार नतिजामा फ्रन्ट नाइनको खेल सकाए। उनले पहिलो, तेस्रो, चौंथो, छैटौं, सातौं र आठौं होलमा कुल ६ बर्डी प्रहार गरे। पाँचौ होलमा भने बोगी खेपे। उनले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

११औं र १४औं होलमा एक-एक सट बचाए भने ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे। तर सुबाशले १५औं र १८औं होलमा बोगीको सामना गरे । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ उत्कृष्ट २१ मा पर्ने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे। विजयी खेलाडीहरुलाई सूर्य नेपालका मार्केटिङ भाइस-प्रेसिडेन्ट दीप्रा लहीरी तथा पीजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?