+
+

विद्यार्थीको नाम मतदाता नामावलीबाट हटाउने सिफारिसप्रति आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १९:४१

३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले स्ववियू निर्वाचनका लागि चार जना विद्यार्थीको नाम हटाउने सिफारिसप्रति  विद्यार्थी संगठनहरुले भने आपत्ति जनाएका छन् ।

विभाग प्रमुख प्रा.डा.कविप्रसाद पोख्रेलले स्ववियु निर्वाचन समितिलाई विद्यार्थीको विवरणसहित मतदाता विद्यार्थीको नाम हटाउने सिफारिस गरेपछि उनीहरुले आपत्ति जनाएका हुन् ।

विभागले निर्वाचनको मर्यादा पालना नगरी आफू खुशी विद्यार्थी थपघट गर्ने गरेको भन्दै अखिल (क्रान्तिकारी), अखिल-क्रान्तिकारी) विप्लव, अनेरास्ववियू, समाजवादी विद्यार्थी संगठनले प्रिन्सिपल कार्यालय र निर्वाचन समितिको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले स्ववियु निर्वाचन हुन नदिने प्रयास भइरहेकोले तत्काल सर्वदलीय बैठक राख्न प्रिन्सिपल कार्यालय र निर्वाचन समितिलाई अनुरोध गरेको अखिल (क्रान्तीकारी) का त्रिवि इकाइ अध्यक्ष प्रदिप भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?