+
+

संसदमा एमालेले खोज्यो प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १४:०१

५ चैत, काठमाडौं । प्रतिपक्षी बेन्चमा बसेको दिन नै नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी गरेको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । तर संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले संसदमा सरकारका कामकारबाहीका विषयमा धेरै प्रश्न उठेको भन्दै प्रधानमन्त्री आफैले ती विषयमा जवाफ दिनुपर्ने र विधेयक पनि प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताए ।

उनले यो विषयमा सभामुखबाट रुलिङ गर्न पनि माग गरे । तर सभामुख देवराज घिमिरेले सञ्चारमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्ने अनुमति दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?