
५ चैत, वीरगञ्ज । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।
नेपाल विश्वकप क्वालिफायरमा छनौट भएपछि पहिलो पटक गृहनगर वीरगञ्ज आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आरिफ शेख र आसिफ शेखलाई महानगरले सम्मान गरेको हो । उनीहरु दाजुभाइ हुन् ।
महानगरपालिकाको कार्यालयमा मेयर राजेशमान सिंहले उनीहरुलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए । त्यसअवसरमा आरिफ र आसिफका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गरिएको छ ।
मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पु¥याउन विशेष भूमिका निर्वाह गरेकोमा उनीहरुको प्रशंसा गर्दै चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरे । सोही दिन महानगरले यसअघि घोषणा गरेको पुरस्कार मोटरसाइकल पनि प्रदान गर्ने उनको भनाइ छ ।
महानगरको सम्मानले आफूहरुलाई अझ हौसला थपिदिएको प्रतिक्रिया शेख दाजु भाइले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4