+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

८ महिनामा वीरगञ्ज महानगरको राजस्व संकलन २८ करोड ४७ लाख

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १७:१५

५ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा २८ करोड ४७ लाख ५१ हजार २ सय ६४ रुपैयाँ ६६ पैसा राजस्व संकलन गरेको छ । महानगरको राजस्व व्यवस्थापन शाखाका अनुसार यो गत आर्थिक वर्ष ०७८/७९ को ८ महिनाको भन्दा ११ करोड २ लाख ४७ हजार ३१ रुपैयाँ ८५ पैसाले कमी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्म महानगरले ३९ करोड ४९ लाख ९८ हजार २ सय ९६ रुपैयाँ ५१ पैसा राजस्व संकलन गरेको थियो ।

राजस्व व्यवस्थापन शाखाका अधिकृत मनोज कर्णले फागुनमा धेरै विदा भएकोले गर्दा राजस्व संकलन कार्य प्रभावित भएको बताए । ‘होलीमा ४ दिन सहित फागुनमा १४ दिन जति त विदा नै भयो, त्यसले गर्दा राजस्व संकलन प्रभावित भएको छ,’ उनले भने, ‘अझ मालपोतबाट घरजग्गा रजिष्ट्रेसन दस्तुर आउन बाँकी छ, ठूला करदातालाई पनि ताकेता गरिरहेका छौं ।’

उनका अनुसार गत वर्ष फागुनसम्ममा घरजग्गा रजिष्ट्रेसन दस्तुर ६ करोड ८६ लाख ५४ हजार ६ सय ९४ रुपैयाँ ३० पैसा आइसकेको थियो । नक्सा पास नगराई बनाइएको घरहरुको नक्सा पास गराउन आउँदा असार मसान्तसम्मका लागि ७५ प्रतिशत जरिवाना छुट गरिएकोले पनि राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा कर्णको छ ।

महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन दस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, ओखटेपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।

३२ वटा वडा रहेको महानगरपालिकाले वडा नं १७ देखि ३२ सम्म एक हजार रुपैयाँसम्मको सम्पत्ति कर र अन्य सिफारिस शुल्क वडाबाटै संकलन गर्दै आएको छ । ‘५०÷६० रुपैयाँ तिर्न पनि ग्रामिण वडाबाट वीरगञ्ज आउनुपर्ने बाध्यता थियो,’ कर्णले भने, ‘तालिम प्राप्त सचिव सरुवा भइदिनाले बेला बेलामा समस्या आउने गरेको छ ।’ तीन जना तालिम प्राप्त कर्मचारी भएपछि मात्रै वडाबाट राजस्व संकलन गर्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?