+
+
Shares

कास्कीको पञ्चासे जैविक विविधता पार्क बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १८:५०

५ चैत, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ टाँडीबिसौनीमा पञ्चासे जैविक विविधता पार्क बन्ने भएको छ । प्रदेश सरकारको सहयोगमा बन्न लागेको पार्कको प्रारम्भिक काम सुरु भएको छ ।

उक्त पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थान विन्दुमा रहेकाले पदयात्रीलाई समेत आकर्षण गर्ने अन्नपूर्ण गाउँपालिका ४ का वडाध्यक्ष आइन्द गुरुङले जानकारी दिए । ‘अध्ययन, अवलोकन, परीभ्रमण र होमस्टे बसाईंका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको हो’, उनले भने ।

५४ रोपनी क्षेत्रफल निर्धारण गरी प्रारम्भिक निर्माण सुरुवात गरिएको पार्कमा चौतारी, फुट ट्रयाक, घण्टी पोखरी, बगैंचा, बिसौनीस्थलसमेत निर्माण गरिएका छन् । आगामी दिनमा ढुंगे धारा, योगा स्थल, टिसप, बोटानिकल गार्डेन, सांस्कृतिक घर, शौचालय, पानी फोहरा, कुटी, पाटीपौवा, सुटिङ स्टेसन, हर्बल गार्डेन, सुनाखरी बगैंचालगायत पूर्वाधार पनि थप गरिने पार्क निर्माण समिति अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए ।

‘अन्य पूर्वाधारहरु पनि निर्माण क्रमिक रुपमा अगाडि बढाई पञ्चासेको उत्कृष्ट पर्यटन पूर्वाधारका रुपमा विकास गरी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ’, पौडेलले भने ।

धार्मिक, पर्यटकीय एवं सांस्कृतिक तीर्थस्थल पञ्चासेको पर्यावरणीय महत्व, जैविक विविधता र पर्यापर्यटन प्रवर्द्धन अभियानमा यी र यस्ता पूर्वाधारले सघाउ पुर्‍याउने स्थानीयको अपेक्षा छ ।

पञ्चासे जैविक विविधता पार्कको वैशाख १ गते नयाँ वर्षको अवसर पारेर उद्घाटन गरिने पार्क निर्माण समितिले जनाएको छ । नयाँ वर्षको अवसरमा पञ्चासेको पर्यापर्यटन प्रवर्द्धनका लागि पञ्चासे सुनाखरी पदयात्रा नामक हाइकिङ कार्यक्रम गरिने समितिको योजना छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?