+
+

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ९:२४

६ चैत, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

यसअघि यू-१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ ।

आजै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ ।

च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपालको लक्ष्य उपाधि

मुख्य प्रशिक्षक भगवती रानाले नेपालको तयारी राम्रो रहेको र उपाधि रक्षा गर्ने लक्ष्य रहेको बताइन् ।

‘हामीले राम्रो तयारी गरेका छौँ । जसरी पनि च्याम्पियन हुने नै लक्ष्य छ । सबै म्याच जितेर अंक तालिकामा शीर्ष स्थानमा रहने लक्ष्य छ,’ भगवतीले ढाका प्रस्थान गर्नुअघि अनलाइनखबरसँग भनिन्, ‘हामी डिफेन्डिङ च्याम्पियन भएकोले पनि झन् धेरै चुनौती छ । त्यसैले पनि हरेक खेल जित्नुपर्ने हुन्छ ।’

च्याम्पियनसिपमा यसपटक युरोपियन टिम रुस पनि सहभागी छ । त्यसैले यसपटक नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती भने पक्कै छ ।

‘रुससँग पनि खेल्ने अवसर छ ।नयाँ टिम हो ।हामीले युरोपको टिमसँग खेल्ने अनभुव पनि पाउनेछौं । रुससँग मात्र नभएर सबै खेल महत्वपूर्ण छन् र कठिन हुनेछ । तर हामी सबै क्षेत्रमा तयार छौँ र राम्रो खेल्नेछौँ । हामी फाइट गर्न सक्छौँ भनेर मोटिभेट छौँ,’ उनले थपिन् ।

यसअघि नोभेम्बरमा भएको साफ यू-१५ मा नेपाल बंगलादेश र भुटान मात्र सहभागि थियो । जसमा डबल राउण्ड रोविन लिगका आधारमा खेल भएको थियो र नेपाल धेरै अंक जोड्दै च्याम्पियन बनेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने एक खेल बराबरी खेलेको थियो ।

नोभेम्बरमा साफ यू-१५ महिला च्याम्पियन जित्दाका १७ खेलाडी अहिले पनि टिममा छन् ।

नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?