+
+

सिरहाको मोरबैता क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ९:३४

६ चैत, जनकपुरधाम । सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ ।

जनमत विद्यार्थी संघबाट सभापतिमा दीपेन्द्रकुमार यादव ६६ मतान्तरले विजयी भएका छन् ।

उनले १९७ मत ल्याएर विजयी हुँदा निकटमत प्रतिद्वन्द्वी संयुक्त तीन दलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमितकुमार राय यादव १२१ मतमा सीमिति भए ।

जसपा, लोसपा र एकीकृत निकट विद्यार्थी युनियनको गठबन्धन रहेको थियो ।

यस्तै तेस्रोमा अनेरास्ववियु (अखिल )का उम्मेदवार धिराज यादव ८४, अखिल क्रान्तिकारीका सतिश मण्डल ७० र नेविसंघका नवरतन साह ४२ मत मात्र प्राप्त गरेका छन् ।

जनमतबाटै सचिवमा विवेककुमार मण्डल, कोषाध्यक्षमा सुस्मिताकुमारी सिंहसहित सबै सदस्य निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?