
८ भदौ, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही– ३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा)बाट रुपन्देही–१ मा उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ ।
गत निर्वाचनमा रुपन्देही–१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो । गत निर्वाचनमा रुपन्देही–१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए ।
टीकापुरमा वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालक हत्या गरेको अभियोगमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारीसभाका तत्कालीन अध्यक्ष धनिराम चौधरीसहित ५८ जना बिरुद्ध मुद्दा दायर गरेको थियो ।
यसका साथै उनीसहित ५४ जनाबिरुद्ध हत्यामा प्रत्यक्ष सलग्न भएको भन्दै सर्वोच्वसहित जन्म कैदको सजाय माग गरि मुद्दा दर्ता गरिएकोथियो भने फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू र थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक तथा थारु कल्याणकारीसभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई हत्याको योजना बनाएको अभियोगमा जन्म कैदसहितको सजाय माग गर्दै सरकारी वकिल कार्यालय कैलालीले मुद्दा दर्ता गरेको थियो ।
रुपन्देही–३ मा हुने उपनिर्वाचनमा जनमतको उम्मेदवार बनाउनेगरी चौधरीलाई जनमतमा अध्यक्ष राउतले आइतबार पार्टी प्रवेश गराएका हुन् । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार उपनिर्वाचनमा उम्मेदवार बनाउने गरी थारुलाई पार्टी प्रवेश गराइएको हो ।
संघीय लोकतान्त्रिक मोर्चाले नाउपाका संरक्षक रेशम चौधरीले उठाएको उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । नाउपाभित्रको विवादले उक्त दल दर्ता हुन सकेन ।
जनमतले नाउपालाई सघाउन नसकिने यस अघि नै घोषणा गरिसकेको थियो ।
प्रतिक्रिया 4