
६ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई एक लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू-१९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र यू–१९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने कँडेललाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय भएको मेयर नागेश कोइरालाको सचिवालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4