+
+

काठमाडौं महानगरले सुरू गर्‍यो जेष्ठ नागरिकको स्वास्थ्य अभिलेखीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १४:०७

६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य अभिलेखीकरण सुरु गरेको छ । महानगरपालिकाको वडा नम्बर ५ बाट जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे तथ्यांक राख्न सुरु गरेको हो । यो कार्यक्रम अन्य वडामा विस्तार गर्दै लैजाने योजना रहेको महानगरले जनाएको छ ।

महानगरका जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्छन ‘तथ्यांकबाट योजना बनाउन सजिलो हुन्छ । योजनावद्ध कामले लक्ष्य हासिल गर्न सहज बनाउँछ ।’

स्वास्थ्य अभिलेखीकरणसँगै शिविर पनि महानगरले गरेको पौडेलले बताए । ‘औषधि सेवन गरिरहेका बिरामीहरुले कुन कुन औषधि सेवन गर्छन् ? महानगरले अभिलेख उतार्ने र अहिलेको अवस्थाबारे जानकारी लिने गर्छ’ पौडेलले भने ।

महानगरले अभिलेखीकरण र स्वास्थ्य परीक्षण गर्न आइतबारदेखि ३ दिने ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ ।

शिविरमा गंगालाल हृदय केन्द्रका कार्डियोलोजिष्ट डा. संजिता अन्सारीसहित विशेषज्ञ चिकित्सक स्वास्थ्य परीक्षणमा खटिएका छन् । त्यस्तै स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. सुनिता शर्मा, महानगरका मेडिकल अफिसर प्रशान्त भट्टलगायत स्वास्थ्यकर्मी शिविरमा रहेका छन् । शिविरबाट प्राप्त सूचनाका आधारमा सेवाग्रालाई औषधि उपलब्ध गराउने महानगरको योजना छ ।

५ नम्बर वडा अध्यक्ष वीरेन्द्र प्रजापतिले स्वास्थ्य उपचारलाई सरल, सहज र पहुँचयुक्त बनाउन खोजिरहेको बताए ।

अभिलेखीकरण र स्वास्थ्य परीक्षण शिविरबाट वडानम्बर ५ मा ६८ बर्ष उमेर समूहका ५३० जना ज्येष्ठ नागरिकमध्ये ३३४ जनाले नियमित रुपमा मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्ने गरेको पाइएको छ । वडा ५ मा तथ्यांक संकलन गर्दा ६८ वर्ष उमेर समूहका नागरिकलाई सहभागी गराइएको थियो । उक्त तथ्यांकको आधारमा रक्तचाप तथा मधुमेह परीक्षण र औषधि वितरण समेत महानगरले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?