+

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति

२०७९ चैत  ६ गते १४:१७ २०७९ चैत ६ गते १४:१७
Shares
२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति

आफ्नो दैनिकीमा २० मिनेट मात्रै समय निकालेर शरीरका लागि दिन सकियो भने धेरै कुरामा फाइदा मिल्छ । २० मिनेटको व्यायाम गर्दा शरीरलाई विभिन्न रोगबाट बचाउन सकिन्छ । छोटो समयमा के–कस्ता व्यायाम गर्न सकिन्छ  त ?

व्यायामलाई मुख्य दुई प्रकारमा विभाजन गर्न सकिन्छ, ऊर्जा बढाउने र ऊर्जा घटाउने । श्वास र शरीरको क्रियामा ध्यान नदिई दौडिने र उफ्रिने गतिविधिमा मात्र ध्यान दिने हो भने  थकान बढाउँछ र शरीरको ऊर्जा घटाउँछ ।

व्यायामसँगै श्वासप्रश्वासको गतिमा ध्यान दिएर शरीरको आवश्यकता अनुसार व्यायाम गर्दा भने ऊर्जा बढ्छ । शरीरको आवश्यकता अनुसार यी दुवै प्रकारका व्यायामलाई अपनाउन सकिन्छ ।

छोटो अवधिमा कस्तो व्यायाम गर्ने ?

दैनिक २० मिनेटमा गर्ने व्यायाममा १० मिनेट शरीर र १० मिनेट श्वासलाई दिनुपर्छ । शारीरिक व्ययाममा दौडिने, खेल्ने, डान्स, जुम्बा वा सबै मांसपेशी चल्नेगरी योगाभ्यास गर्न सकिन्छ । र, १० मिनेट जति प्राणायाम गर्नु उचित हुन्छ ।

२० मिनेटभरि नै पसिना निकाल्ने गरी व्यायाम गर्ने भन्ने सोच्नु हुँदैन । तन्किने, निहुरिने, उफ्रिने, बसेर गर्ने, पल्टिएर गर्ने खालका व्यायाम गर्नुपर्छ । त्यस्तै, सूर्यनमस्कार, ताडासन, चक्रासन, धनुरासन, गोमुख आसन, नौकासन र लौकासन उमेर क्षमताअनुसार दुई–दुई मिनेटको समय दिएर गर्न सकिन्छ । यी व्यायाम गर्दा  कुनै पनि मांसपेशी छुट्नु हुँदैन, यसले  शरीरका सम्पूर्ण अंगमा फाइदा पुग्छ ।

शरीरका पुग्ने फाइदा

नियमित व्यायामले शरीरलाई हल्का बनाउँछ । काम गर्न, हिंड्न शरीरमा स्फूर्ति पैदा गर्छ । मुटु, फोक्सो र मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने, शरीरका विकारहरुलाई निकाल्ने,  रक्तसञ्चारलाई व्यवस्थित गर्दै सुचारु गर्न सन्तुलित बनाउने, मांसपेशीलाई लचिलो र बलियो बनाउने, हरेक अंगलाई सक्रिय बनाउन नियमित व्यायामले मद्दत गर्छ ।

रोगबाट मुक्ति

व्यायामले पेट बढ्ने समस्या, मधुमेह, बोसो बढ्ने समस्या, हृदयरोग, फोक्सो, उच्च रक्तचाप, निम्न रक्तचाप, थाइराइड लगायतलाई धेरै फाइदा पुर्‍याउँछ । शरीरको आवश्यकता अनुसार गरेको व्यायाम र प्राणायामले दीर्घरोग नियन्त्रण गर्नुको साथै मानसिक रोगबाट समेत मुक्त गर्न सक्छ । यद्यपि कमजोरी, दुर्बलता, हृदयघातपछिको अवस्थामा भने चिकित्सकको निगरानी र सल्लाहमा सूक्ष्म व्यायाम गर्न सकिन्छ ।

व्यायामका लागि उत्तम समय

व्यायामका लागि उत्कृष्ट समय भनेको सूर्योदयसँगैको समयमा उठेर नित्यकर्म गरेपछि हल्का शरीर, खाली पेट, ताजा हावा र शान्त वातावरणमा योगासन र व्यायाम गर्नु उत्तम हुन्छ ।

बुढापाका र रोगीलाई व्यायाम

वृद्ध उमेर र अशक्त बिरामीले सूर्य नमस्कार र सूक्ष्म व्यायाम गर्न सक्छन् । मन्द गतिमा गर्दा पनि थाकेपछि आराम गर्दै श्वास नफुलाउने र भार नपर्ने गरी व्यायाम गर्नु राम्रो हुन्छ ।

(डा. अधिकारी जीवनशैली प्रशिक्षक हुन् ।)  

व्यायाम
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज