+
+

भारतीय निर्देशक बर्वेले नेपाली फिल्ममेकरलाई सिकाए पटकथा लेखन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १४:३०

काठमाडौं । चलचित्र विकास बोर्डले भारतीय फिल्म निर्देशक अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सकिएको छ । चैत ३ देखि ५ गतेसम्म सञ्चालित कार्यशालामा ४८ जना प्रशिक्षार्थी सहभागी थिए । पामे फिल्म फेस्टिभलले कार्यशाला व्यवस्थापन गरेको थियो ।

फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डियाका पूर्वप्राध्यापक समेत रहेका बर्वेले अनुभवी तथा नयाँ नेपाली फिल्ममेकरसँग समय बिताएकोमा खुसी व्यक्त गरे । प्रशिक्षार्थीको रुपमा सहभागी नेपाली निर्देशक ज्ञानेन्द्र देउजाले कार्यशालामा भाग लिन उत्साह जागेर तीन दिनसम्म लगातार बसेको बताए ।

‘हामी फिल्ममेकरले कहिल्यै पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन । म अन्य सहभागीभन्दा सिनियर भएपनि सँगै बसेर सिक्न अप्ठेरो महसुस गरिनँ । बौद्धमा भिडियो हेरेको भरमा चलचित्र बनाउन थालेको हुँ । हामीले सिक्ने मौका नै पाउँदैनथियौं । पुराना भिडियो फिल्म हेरेर सिक्थ्यौं ।’

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकाले सोही उद्देश्यले कार्यशाला गरिएको बताए । ‘स्क्रिप्टिङ, कास्टिङ, निर्देशन र पोस्ट–प्रोडक्सनसम्मको अवधारणाको विकासदेखि निर्माणका सबै पक्षलाई समेटेको छ,’ अध्यक्ष केसीले भने ।

चलचित्र उद्योगलाई सहयोग र प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध रहेको बताउँदै केसीले भने, ‘चलचित्र उद्योगमा रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, कला र सांस्कृतिक सम्पदालाई विश्वसामु देखाउने क्षमता रहेको हामीले बुझेका छौं । उद्योगको विकास र विस्तारका लागि उपयुक्त वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेका छौं,’ केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?