७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ ।
प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन । ‘फुङलिङ बजार भन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भयो’, उनले भने, ‘आक्रमण गर्नेको पहिचान भएको छैन, अनुसन्धान गरिरहेका छौं ।’
प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएका समूहहरु आन्दोलनमा छन् । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो । सुरक्षा जोखिम बढेपछि मुख्यमन्त्री भ्रमण छोट्याएर सोमबार नै विराटनगर फर्किएका थिए ।
मंगलबार पार्टीको कार्यक्रमका लागि ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा माओवादीको कोशी प्रदेश संसदीय दलका नेता आङ्बोमाथि आक्रमण प्रयास भएको हो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4