+
+

एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १३:१६

८ चैत,  काठमाडौं । पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् ।

प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स पुटबल संघले जनाएको छ ।

भेट्रान गोलकिपर ह्युगो लोरिसले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपपछि सन्यास लिएपछि फ्रान्सको कप्तान पद खाली थियो । अब एमबाप्पेले लोरिसको स्थान लिनेछन् ।

प्रशिक्षक डेसच्याम्पले कप्तानी जिम्मेवारीका लागि एमबाप्पेले सबै आवश्यकता पूरा गर्ने बताए । एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रीजमनलाई नयाँ उपकप्तान नियुक्त गरिएको छ ।\

म्यानचेष्टर युनाइटेडबाट खेल्ने डिफेण्डर राफेल भरानले पनि सन्यास लिएपछि ग्रीजमनलाई उपकप्तान बनाइएको हो ।

कतारमा भएको विश्वकप फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टीसुटबउटमा पराजित हुँदै उपविजेता बनेको थियो । उक्त खेलमा एमबाप्पेले ह्याट्रिक गरे पनि निर्धारित समय र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि पेनाल्टीमा अर्जेन्टिनाले ४-२ ले खेल जितेको थियो ।

सन् २०१८ को विश्वकप उपाधि जितेका एमबाप्पेले फ्रान्सका लागि ६६ खेल खेल खेलेका छन् । उनी पीएसजीका उपकप्तान समेत हुन् ।

फ्रेन्च लिग वानमा आइतबार रेन्ससँग पराजित खेलमा एमबाप्पेले पीएसजीको कप्तानी गरेका थिए । एमबाप्पेले २०१७ मा लक्जेमबर्ग विरुद्ध खेल्दै फ्रान्सका लागि डेब्यु गरेका थिए । एमबाप्पेको कप्तानीमा फ्रान्सको पहिलो खेल शुक्रबार युरो छनोट अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?