
९ चैत, काठमाडौं । यही चैत १० गतेदेखि सुरु हुने भोजपुर गोल्डकप फुटबलको तयारी पूरा भएको छ । नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामस्थित टुँडिखेलमा छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता आयोजना हुँदैछ ।
भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए ।
प्रतियोगितामा नेपालभित्रका ६ र बाहिरका २ गरी ८ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल संघ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुने प्रतियोगिता संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।
करिब ३३ लाख रुपैयाँको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष बजेट व्यवस्थापन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4