+
+

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १०:०६

 

९ चैत, दाङ । दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु निर्वाचन नेविसंघ विजयी भएको छ । एक जना सदस्य बाहेक सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

नेपाल विद्यार्थी संघका मनोज डिसी एक हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापति चुनिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरे ।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत प्राप्त परे । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छन् ।

त्यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।

क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (छैठौं)ले गठबन्धन गरेका थिए ।

चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहे पनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?