+
+

पोखरा वन विज्ञान क्याम्पसमा आइतबार स्ववियु निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १५:०३

९ चैत, पोखरा । पोखरा वन विज्ञान अध्ययन संस्थान पोखरामा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

क्याम्पसको निर्वाचन समिति कार्यालयमा विद्यार्थी संगठनले तालबन्दी गरेपछि निर्धारित चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।

फागुन २५ गते विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थिए ।

मनोनयन दर्ताको प्रक्रिया सुरु नहुँदै तालाबन्दी भएपछि तोकिएको मितिमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

बुधबार विद्यार्थी संगठनबीच निर्वाचन प्रक्रिया सुरु गर्ने सहमति भएसँगै कार्यतालिका सार्वजनिक भएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक गरेर कास्कीका ६ क्याम्पसमा स्ववियु निर्वाचन गर्ने तयारी थियो ।

तर, कतै आन्तरिक विवाद त कतै अदालतले रोक लगाइदिँदा कुनै पनि क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । देशकै सबैभन्दा धेरै मतदाता भएको पृथ्वीनारायण क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा उच्च अदालत पोखराले अन्तरिम आदेश नआउँदासम्मका लागि निर्वाचनका कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।

पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीले दर्ता गरेको समूह अर्कै नाममा प्रकाशन गरिएपछि रिट दायर गरेका थिए भने पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा सरकारी सेवासुविधा लिँदै आएका कर्मचारी स्ववियु निर्वाचनमा भाग लिएको भन्दै रिट दर्ता भएको थियो ।

१० हजारभन्दा बढी मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको व्यक्तिगत विवरण निर्वाचन समिति, प्रशासनको मिलेमतोमा निर्वाचन अगावै बाहिर ल्याएको भन्दै विवाद बढेको थियो ।

अखिल क्रान्तिकारी विप्लव, अखिल संयुक्तलगायतले निर्वाचन डाटा ‘लिक’ गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि समितिले काम गर्ने स्थिति नबेनेको भन्दै राजीनामा नै दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?