
९ चैत, काठमाडौं । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नवनियुक्त प्रशिक्षकले आफूलाई पोर्चुगलको टिममा पुनरागमन गराएपछि पहिलोपल्ट सार्वजनिक प्रतिक्रिया दिएका छन् ।
उनले पोर्चुगललाई माथिल्लो तहमा पुर्याउन आफूले सक्दो कोशिस गर्ने प्रतिवद्धता दोहोर्याए । कतारमा आयोजित विश्वकपमा मोरक्कोसँग पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएपछि उनी चर्चाबाट टाढा रहँदै आएका थिए ।
म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डोले क्लब र अन्तर्राष्ट्रिय फुटबलमा नैराश्यता भोगिरहेका बेला उनका लागि पोर्चुगल राष्ट्रिय टिममा फर्कनु एक खुसीको खबर हो ।
विहीबार राती लिचेस्टाइनसँगको खेलबाट पोर्चुगलले युरो २०२४ का लागि छनोट यात्रा सुरु गर्नेछ ।
खेलअघिको पत्रकार सम्मेलनमा रोनाल्डोले भनेका छन्, ‘मेरो आत्मविश्वास कायमै छ । प्रशिक्षक, कोचिङ स्टाफ र अध्यक्षलाई अझै पनि म उत्तिकै महत्वपूर्ण लागेमा म आफ्नो उत्कृष्ट योगदानका साथ पोर्चुगललाई माथिल्लो स्तरमा लैजान तयार छु ।’
युरो छनोटमा पोर्चुगल समूह जे मा परेको छ । पोर्चुगलले आज (विहीबार) राति लिचेस्टाइन र आउने आइतबार लक्जेम्वर्गसँग खेल्नेछ । यो समूहमा बोस्निया, आइसल्याण्ड र स्लोभाकिया पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4