+

नेपालमा हरेक वर्ष थपिन्छन् ६९ हजार नयाँ क्षयरोगी, करिब १७ हजारको मृत्यु

२०७९ चैत  १० गते ७:३० २०७९ चैत १० गते ७:३०
नेपालमा हरेक वर्ष थपिन्छन् ६९ हजार नयाँ क्षयरोगी, करिब १७ हजारको मृत्यु

१० चैत, काठमाडौं । विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान १०ः४५ बजे विशेष समारोह आयोजना गरेको छ ।

सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यस वर्षको दिवसको मुख्य नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं !’ तय गरेको छ । यही नाराका साथ नेपालमा पनि सप्ताहव्यापी रुपमा विश्व क्षयरोग दिवस मनाउँदै आइएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. नविन प्रकाश शाहले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए । क्षयरोग नियमित उपचारले निको हुने भए पनि सन् २०२१ मा संसारभर क्षयरोगका कारण करिब १६ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

नेपालमा पनि हरेक वर्ष नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार क्षयरोगका बिरामी हुने गरेको केन्द्रले जनाएको छ । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामीहरु थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. शाह बताउँछन् । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामीहरु उपचारमा दर्ता भएका थिए जसमध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिदला र करिब ८.७ प्रतिशत बालबालिका रहेका थिए । ९१.५ प्रतिशत बिरामीको उपचार भने सफल भई निको भएको तथ्यांक छ ।

नियन्त्रणमा चुनौती

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. शाहका अनुसार क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा हरेक वर्ष झण्डै ३२ हजार क्षयरोगका बिरामीहरुमा रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन सकिएको छैन । ‘राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि यो एक चुनौतीको रुपमा रहेको छ,’ शाहले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा करिब २ हजार ८०० रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई पनि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा दर्ता भएका थिए । ‘यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा २ हजार १०० जनाभन्दा बढी औषधि प्रतिरोधी क्षयरोगका व्यक्तिहरुको रोग पत्ता लगाई उपचारमा ल्याउन नसक्दा क्षयरोग कार्यक्रममा थप चुनौती देखिएको छ,’ निर्देशक डा. शाहले भने ।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लागिराख्नु, साँझपख ज्वरो आउनु, तौल घट्नु, खकारमा कहिलेकाहिँ रगत देखा पर्नु र खाना खान मन नलाग्नु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । क्षयरोगको औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।

क्षयरोग विश्व क्षयरोग दिवस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

मान्छेको शरीरमा ‘एन्टिबायोटिक’ले काम गर्न छाड्यो भने के हुन्छ ?

मान्छेको शरीरमा ‘एन्टिबायोटिक’ले काम गर्न छाड्यो भने के हुन्छ ?