+
+

१० प्रहरी आफूखुसी गैरहाजिर, सम्पर्कमा आउन ७ दिनको म्याद

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ९:३२

१० चैत, काठमाडौं । आफूखुसी गैरहाजिर भएका १० जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । आज सार्वजनिक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पेश गर्न भनेको हो । अन्यथा आवश्यक कारबाही गर्ने चेतावनी प्रहरी प्रधान कार्यालय नक्शालले दिएको छ ।

कार्यालयका अनुसार केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ फागुन १० गतेदेखि सम्पर्कमा छैनन् ।

यसैगरी प्रहरी जवान दिपु अवाल २०७९ पुस १७ गतेदेखि, निरज कुमार राई माघ १३ गतेदेखि, रामफल यादव माघ २५ गतेदेखि र गोविन्द केसी माघ २८ गतेदेखि गैरहाजिर छन् ।

यसैगरी आनन्द मण्डल पुस ७ गतेदेखि, विशाल कुमार राई पुस २९ गतेदेखि, आलेश थापा माघ १८ गतेदेखि तथा धमेन्द्र विक र हरिराज विक माघ २८ गतेदेखि सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?