+
+

द हन्ड्रेडमा सन्दीप र अर्जुन बिकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १२:५१

१० चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रमुख बलर सन्दीप लामिछाने र विकेटकिपर ब्याटर अर्जुन साउद इंग्ल्याण्डमा आयोजना हुँदै आएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा छनोट हुन असफल भएका छन् ।

विहीबार राती तेस्रो संस्करणका लागि प्रतियोगिताको ड्राफ्टमा नेपालबाट यी दुई खेलाडी समावेश भए पनि कुनै पनि टिमले बोली लगाएनन् ।

इण्डियन प्रिमियर लिग, अस्ट्रेलियाको बिगबास लिग तथा क्यारेवियन लिगको अनुभव लिइसकेका स्टार लेग स्पिनर सन्दीप यसअघि सन् २०२१ मा आयोजित पहिलो संस्करणको प्रतियोगिताका लागि ओभल इन्भिन्सबलमा अनुबन्धित भएका थिए ।

६० हजार पाउण्डमा अनुबन्धित भएका उनी कोरोना महामारीका कारण भिषा समस्या भएपछि इंग्ल्याण्ड जान पाएका थिएनन् ।

द हन्ड्रेडमा ८ टिम छन् । प्रतियोगिताको तेस्रो संस्करण आउने अगष्ट महिनामा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?