+
+

परीक्षा केन्द्र टाढा राखिएको भन्दै त्रिवि पनिकामा अनेरास्ववियुको ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १६:०५

१० चैत, काठमाडौं । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ ।

आइतबारबाट सुरु हुन लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखिएको भन्दै उनीहरुले ताला लगाएका हुन् ।

अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर विद्यार्थीलाई दुख दिने अभिप्रायले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राखिएको आरोप लगाएका छन् ।

भोजपुरको परीक्षा केन्द्र संखुवासभा, बाँकेको बर्दिया, डोटीको कैलाली परीक्षा केन्द्र पारेर विद्यार्थीले दुख दिन खोजिएकोले ताला लगाएको त्रिवि जिल्ला समिति उपाध्यक्ष समिर राज विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?