+
+

लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते ६:१४

१३ चैत, मोरङ ।  विराट गोल्डकप फुटबलमा लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद रंगशालामा आइतबार भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी गरेपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८-७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो ।

पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले अब सेमिफाइनलमा गत संस्करणको उपाधि विजेता एपीएफसँग खेल्ने छ ।

यो  प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?