+
+

इन्जिनियरको लाइन्सेन्स परीक्षामा ७१ प्रतिशत फेल (नतिजासहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १५:१७

१४ चैत, काठमाडौं । इन्जिनियरको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरुको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएका छन् । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८.५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

नेपाल इन्जिनियरिङ परिषदले यस वर्ष चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो ।

इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।

नेपाल इन्जिनियरिङ परिषदका रजिष्ट्रार तथा सदस्य सचिव शिवमंगल गिरीका अनुसार लाइन्सेन्स परीक्षामा इन्जिनियरिङ क्षेत्रका २२ वटा विधामा १ हजार ९८१ जना सहभागी भएका थिए । लाइन्सेन्स परीक्षामा अनुत्तिर्ण भएकाहरुले नेपालभर काम गर्न नपाउने गिरीले बताए । तर विगतमा प्रमाणपत्र लिइसकेकाहरुले भने लाइन्सेन्सको लागि पुनः परीक्षा दिनुपर्दैन ।

नेपालमा इन्जिनियरिङ विषय पढाइ हुने ५० भन्दा बढी कलेजहरुबाट बर्सेनि आठ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्दछन् । त्यस अतिरिक्त भारतलगायत देशबाट पनि उच्च शिक्षा लिनेहरु छन् । परिषद्का अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रको आधारमा ७७ हजारले लाइसेन्स लिइसकेका छन् ।

हेर्नुहोस् लाइन्सेन्स परीक्षाको नतिजा–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?