+
+

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई रिहा गर्न विश्वप्रकाश शर्माको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १२:३७

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।

ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई रिहा गर्न माग गरेका हुन् ।

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’, शर्माले लेखेका छन् ।

यही चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सम्बन्धी सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्काले नाराबाजी गरेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनिदिएको फोटो र भिडियो सार्वजनिक भएपछि सरकारले बोल्न प्रतिबन्ध लगाएको भन्दै आलोचना भएको छ ।

उनीहरुलाई अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा ५ हजार धरौटी तोकेका थिए । तर धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?