+
+

प्रियंका चोपडा ओस्कार अवार्डको कार्यकारी कमिटीमा मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १२:५३

काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजको सदस्यमा मनोनीत भएकी छन् । उनी ओस्कारको अभिनेता ब्रान्चतर्फको कार्यकारी कमिटीको हिस्सा बनेकी हुन् ।

‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज’को सदस्यता बोर्ड अफ गभर्नरको निमन्त्रणाको आधारमा मात्र उपलब्ध हुने गर्छ । ओस्कारमा मनोनयन भए पनि सदस्यता लिन सकिन्छ । एकेडेमीको सदस्यता १७ भागमा विभाजन गरिएको छ, जसले फिल्मका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्छ ।

प्रियंका अभिनित फिल्म ‘व्हाइट टाइगर’ ओस्कारमा मनोनयन भएको थियो, जसको निर्माण पनि उनैले गरेकी थिइन् । प्रियंका चाँडै प्राइम भिडियोमा रिलिज हुने रुसो ब्रदर्स निर्देशित सिरिज ‘सिटाडेल’मा देखिनेछिन् । यसबाहेक उनको अर्को फिल्म ‘लभ अगेन’ हो ।

यसबाहेक प्रियंकाले पर्पल पेबल पिक्चर्स अन्तर्गत फस्टलुक डिलमा अमेजन स्टुडियोसँग पनि साझेदारी गर्दैछिन् । यतिबेला प्रियंका स्ट्रिमरका लागि ग्लोबल फिचर र टीभी सामग्रीको लागि पनि योजना बनाइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?