+
+

इँट्टा भट्टाको पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १४:१९

१४ चैत, सप्तरी । सप्तरीको रुपनीस्थित पिपराहीमा रहेको जेएसआर इँटा भट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतको पश्चिम बंगालका ४५ वर्षीय अलिम अजिम रहेका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मृतककी श्रीमती मुजिना र भारत पश्चिम बंगालकै जहरुल हक रहेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

मजदुरहरूले इँट्टा निकाल्ने क्रममा भट्टाको पूर्व पट्टीको पर्खाल भत्किएको थियो ।

पर्खालले थिचेका अजिमलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएको थियो । तर अस्पतालले अस्पताल आउनु अघि नै उनको मृत्यु भएको बताएको हो ।

घाइते दुवैको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?