+
+

भ्वाइस किड्समा चारै कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुन कोचको टिममा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १७:४९
‘भ्वाइस किड्स’मा चारै जना कोचको कुर्सी घुमाउन सफलमध्येका अश्मी खवास र रिजन डाँगी

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइसको संरचनाअनुसार चारैवटा कुर्सी घुमाउन सक्ने प्रतिस्पर्धीलाई अरुभन्दा केही अब्बल मानिन्छ । भ्वाइसको यो हेर्नलायक शैली पनि हो, जसले गर्दा यसलाई अरुभन्दा पृथक तुल्याएको छ । चारै कुर्सी घुमाउने ट्यालेन्टलाई आफ्नो टिममा लिन कोचबीच प्रतिस्पर्धा पनि चल्छ ।

जसले गर्दा भ्वाइस ट्यालेन्टभन्दा पनि कोचबीचको प्रतिस्पर्धा हो । भ्वाइस किड्स नेपालको जारी संस्करणमा कोचहरुबीच ट्यालेन्टलाई तान्न नोकझोंक पनि देख्न सकिन्छ । अहिले भ्वाइस किड्समा ब्लाइण्ड अडिसन चलिरहेको छ र यो चरण आगामी सातादेखि सकिनेछ । एक कोचको समूहमा १२ जना हुने गरी कोचले टिम निर्माण गर्नेछन् ।

पछिल्लो चरणसम्म कोच मिलन नेवारको समूहमा सबैभन्दा बढी चारै कुर्सी घुमाउन सफल चार जना ट्यालेन्ट छन् । कोच प्रमोद खरेल र सुशान्त केसीको समूहमा ३–३ जना र कोच प्रविशाको समूहमा एक जना चारै कुर्सी घुमाउन सफल ट्यालेन्ट अटाएका छन् । चारैवटा कुर्सी घुमाउनेलाई समूहमा राख्दा जितिन्छ भन्ने निश्चित नभएपनि यसले जिततर्फ धकेल्न चाहिं मद्दत गर्छ । जसले गर्दा पनि कोचबीच ‘फो चेयर टन्र्ज’लाई ल्याउन मरिहत्ते चल्छ ।

ब्लाइन्ड राउण्ड आगामी शुक्रबार र शनिबार सकिने तयारीमा छ । त्यसपछि ब्याटल राउण्ड सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?