+
+

पदम लिम्बुलाई शहीद घोषणा गर्न जसपाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १९:४६
जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमन ।

१४ चैत, काठमाडौं । जनता समाजवादी पार्टीले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको छ ।

जसपा प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति जारी गरी पहिचान प्राप्तिको आन्दोलनमा सहभागी भएका कारण लिम्बुको मृत्यु भएकाले शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

‘आन्दोलनका क्रममा आफ्नो जीवन अर्पण गर्नुभएका पदम लिम्बु (लाजेहाङ) लाई शहीद घोषणा गरी उहाँको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन हामी सरकारसमक्ष माग गर्दछौं’ प्रवक्ता सुमनले विज्ञप्तिमा भनेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ५ चैतमा विराटनगरमा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

जसपाले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरोधमा नभएको भन्दै उत्पीडित समुदायको राष्ट्रियताप्रति राज्य नकारात्मक र सशंकित हुनुपर्ने कारण नभएको बताएको छ ।

‘सबै जनताको पहिचान र राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ’ प्रवक्ता सुमनले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?