+
+

पूँजी बजारमा भोलि राम्रो दिन आउँछ : अध्यक्ष हमाल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते २०:२८

१५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजारको जग बलियो बनाउने आफ्नो पहिलो उद्देश्य भएको बताएका छन् ।

सेयर लगानीकर्ताको संगठनहरुले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पात्र परिवर्तन हुँदैमा पुँजीबजारमा समस्या आउने अवस्था बन्न हुँदैन, पूँजी बजार दिगो होस् भन्ने मेरो चाहाना हो ।’

अर्थन्त्रको बाह्य र आन्तरिक क्षेत्रमा दबाव पर्दा त्यसको असर पुँजीबजारमा पनि परेको अध्यक्ष हमालले बताए । ‘अहिले लगानीकर्ताले संयमित हुने बेला हो, भोलि राम्रो समय पनि आउँछ । क्रोध र हतारमा निर्णय गर्दा प्रतिकुल हुन सक्छ । त्यसैले संयमित हुन जरूरी छ’ उनले भने ।

हमालले शेयर ब्रोकरको शाखा विस्तार गरेर नयाँ लाइसेन्स नदिने भन्ने बोर्ड नीति नरहेको समेत उनले दाबी गरे । ‘अहिलेको ब्रोकरको शाखा विस्तार गरेन नयाँ ब्रोकर, चाहिदैन भनेको होइन’, उनले भने, ‘उनीहरू पनि प्रतिस्पर्धा गर्न सक्नुपर्छ भन्ने हो । करिब १०० वटा ब्रोकर चाहिन्छ । शाखा विस्तार गर्ने नीति उनीहरूलाई प्रतिस्पर्धाको लागि तयार गर्न हो ।’

नेपाल सेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष तारा फुलेलले अर्थतन्त्र र पूँजीबजार शिथिल बन्दा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड कहाँ छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘लगानीकर्ताले अरू केही चाहेको हैन आफ्नो लगानीको सुरक्षा होस् भन्ने चाहेको हो । नियामक निकायले यसको ग्यारेन्टी पनि गर्ने कि बजार बढ्दा लगानीकर्तालाई तर्साउने मात्रै हो ?’

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले पूँजीबजारमा धेरै नयाँ परिवर्तन आएपनि नीति बनाउने राष्ट्र बैक र धितोपत्र बोर्ड अहिले पनि परम्परागत सोचबाट माथि उठ्न नसकेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?