+
+

नवौं एसएसइएसएआर अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १२:५९

१६ चैत, काठमाडौं। नवौं साउथ एण्ड साउथ इस्ट एसियन एसोसिएसन फर दि स्टडी अफ कल्चर एण्ड रिलिजन (एसएसइएएसआर) अन्तर्राष्ट्रिय सेमिनार चैत १९ देखि काठमाडौंमा हुने भएको छ । उक्त सम्‍मेलनमा  धर्म, संस्कृति, कला, वास्तुकलालगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

३ दिनसम्म चल्ने यो सेमिनारको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले गर्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले आयोजना गरेको सेमिनारमा १७ देशका करिब १५० जना विषयविज्ञहरुको सहभागिता रहनेछन् ।

त्यस्तैगरी १२५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजक नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख सोमप्रसाद खतिवडाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा धर्म, संस्कृति, कला, वास्तुकला आदि विषयमा अध्ययन गरिएको कार्यपत्र प्रस्तुत हुनेछ ।

सन् २००५ मा पहिलोपटक भारतको नयाँ दिल्लीमा आयोजना भएको यो सेमिनार दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका मुलुकहरुमा आयोजना हुँदै आएको छ ।

हरेक २/२ वर्षमा हुने यो कार्यक्रम एकपटक दक्षिण एशियाली मुलुकमा र अर्कोपटक दक्षिण पूर्वी एसियाली मुलुकमा गर्ने गरिएको छ ।

सन् २०२१ मा म्यानमारमा गर्न लागिएको यो सम्मेलन कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन ।

सेमिनारमा नेपाली वा अँग्रेजीमध्ये एक भाषामा कार्यपत्र प्रस्तुत हुने छ । जसमा २५ जना नेपाली विषयविज्ञको सहभागिता हुनेछ भने बाँकी विदेशी विज्ञहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

सेमिनार रविभवनस्थित नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)को कार्यालयमा हुने छ । नाथम सहआयोजकमा समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?