+
+
Shares

रवि लामिछानेबारे जीतनारायणको टिप्पणी : मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १३:३२
जीतनारायण श्रेष्ठ

१६ चैत, काठमाडौं । चितवनका नेपाली कांग्रेस नेता जीतनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेको बताए ।

‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछानेमाथि नै धेरै प्रश्न उठेको श्रेष्ठले बताए । ‘किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनुनपर्ने, के कारणले हो भन्ने कुरा जनतालाई भन्नुनपर्ने, पार्टीबाट निर्णय गर्नुपनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ, मंसिरको उल्टो परिणाम अब आउनेछ’ उनले भने ।

नेता श्रेष्ठले यसपटक चिवतन–२ मा सत्ता साझेदार दलहरुको साझा उम्मेदवार आफू बन्ने बताए । रवि लामिछानेसँग चितवनका बासिन्दा एक पटक झुक्किएको भन्दै श्रेष्ठले भने, ‘अहिले वास्तविकता बुझिसके ।’

चितवन-२ बाट ४ मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर उनले नेपाली नागरिकता नलिएका कारण सर्वोच्च अदालतको फैसलापछि पद गुमाएका थिए । सो ठाउँमा १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । हाल नेपाली नागरिकता लिइसकेका कारण रास्वपाबाट चितवन- २ मा पुन: उम्मेदवार बन्ने लामिछानेको तयारी छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?