+
+

बढी राजस्व संकलन गर्ने नाममा व्यावसायिक फर्ममा छापा मार्नु गलत : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १४:४४

१७ चैत, काठमाडौं । सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी–फर्ममाथि छापा मारेर दुखः दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् ।

अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको र सोहीकारण अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ । उनले भने, ‘अहिले सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको छ जुन एकदमै गलत छ ।’

आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र भएको भन्दै उनले निजी क्षेत्र नभई सरकार नचल्ने बताए । अहिलेको अवस्थामा निजी क्षेत्रको मनोबल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

‘बजारमा आएको मागको गिरावटका कारण अहिले उद्योगी व्यवसायीको सामान बिक्री हुने अवस्था छैन । जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा व्यवसायी छैनन्,’ उनले भने, ‘हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकीरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ ।’

देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिंदै आएको भन्दै अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा उमेशलाल समूहबाट जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताए । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्न जिल्ला नगर तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?