+
+
Shares

सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिन्छ : जीवन बहादुर शाही

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १६:४०

१७ चैत, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकार संकटमा परे विश्वासको मत दिने बताएका छन् ।

विश्वासको मत लिने मुख्यमन्त्री राजकुमार शर्माको प्रस्तावमाथि धारणा राख्दै शुक्रबार कांग्रेस संसदीय दलका नेता शाहीले सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिने बताए ।

‘सरकार संकटमा छ या छैन्, त्यो त थाहा छैन्’ नेता शाहीले भने, ‘मैले पहिलेपनि भनेको थिए, यदी सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिन्छ ।’

तर संसद् बैठक सुरु हुनु अघि नै बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले भने शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको बैठकमा सहभागी काँग्रेसको एक नेताले जानकारी दिए ।

२७ पुसमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शर्माले ६ माघमा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यो बेला कांग्रेसले भने विश्वासको मत दिएको थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?