
१७ चैत, काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले सरकार पुनर्गठनमा आफूहरुलाई अपमानजक धोका भएको बताएको छ ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भागण्डा छुट्याउने प्रस्ताव गरे पनि पुनर्गठनमा सहभागी नगराएर अपमानजन धोखा दिएको पार्टीका प्रवक्ता चन्द्र भुषण साहले बताएका छन् ।
‘गठबन्धनको बैठकमा स्वयम् प्रधानमन्त्रीले मन्त्रालय बाँडफाँडको सन्दर्भमा आम जनता पार्टीका लागि भाग छुट्याउने प्रस्ताव गर्नू, निर्णय गर्नू र बाहिर प्रचार पनि गर्नू तर सरकार पुर्नगठन गर्दा भने आम जनता पार्टीलाई सहभागी नगराउनु हामीप्रतिको अपमानजनक धोका हो,’ साहले भनेका छन् ।
सत्ता गठबन्धनमै रहेर प्रधानमन्त्री प्रचण्डलाई समर्थन र साथ दिएको भए पनि प्रचण्डले मन्त्री परिषदमा आम जनता पार्टीलाई सहभागी गराएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4