+
+

डर्टमण्डलाई हराउँदै बायर्न शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते ७:१९

१९ चैत, काठमाडौं। डेर क्लासिकर भिडन्तमा बोरुसिया डर्टमण्डलाई शनिबार राति ४-२ ले पराजित गर्दै बायर्न म्युनिखजर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लेको छ ।

थोमस टुचेल प्रशिक्षक बनेपछिको पहिलो खेलमै बायर्नले रवाफिलो जित निकालेको हो ।लिगमा डर्टमण्डभन्दा पछि परेपछि बायर्नले युलियन नागेल्सम्यानलाई बर्खास्त गर्दै टुचेललाई प्रशिक्षक नियुक्त गरेको थियो ।

बायर्नलाई जित दिलाउन थोमस मुलरे दुई तथा किंग्सले कोमनले एक गोल गरे । डर्टमण्डका ग्रेगोर कोबेलले एक आत्मघाती गोल गरे ।डर्टमण्डका लागि एम्रे कान र डोनयल मालेनले एक एक गोल गरे ।

जितपछि बायर्न २६ खेलबाट ५५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।समान खेलबाट ५३ अंक रहेको डर्टमण्ड दोस्रोमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?