+
+

मिटरब्याज पीडितसँगको सहमति कार्यान्वयन हुन्छ : गृहमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १२:५०

१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।

आइतबार स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए । ‘उहाँहरु जाने स्थितिमा अझै केही छ कि भन्नुपर्ने भनेर कुरा गर्न आएको हुँ । उहाँहरुले जाने क्रममा छौं, हामी विश्वस्त भएर जादैछौँ । धेरैले आजै बेलुका जान्छौं होला भन्नुभएको छ’, श्रेष्ठले भने ।

उनले यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पीडितसँगको सहमति कार्यान्वयन गर्ने बताए । त्यसका लागि आयोग बनाउने कानूनको प्रक्रिया अगाडि बढिसकेकोले समस्या समाधान हुने उनको भनाइ छ ।

मिटरब्याज पीडित मनोजकुमार पासवानले आफूहरू सोमबारसम्ममा गाउँ फर्किसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?