+
+

फुटबलको टिकटबाट उठेको रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १६:२०

१९ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ तथा ब्रोडकास्टिङ अधिकार पाएको एमडीएसी स्पोट्र्सले नेपाली क्रिकेट खेलाडी कल्याणकारी कोषमा १ लाख ४८ हजार ८०० रुपैयाँ प्रदान गरेको छ ।

एमडीएसी स्पोट्र्सका सीईओ अर्जुन घिमिरेले मुलपानी मैदानमा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनकुमार सिंहलाई १ लाख ४८ हजार ८०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल विश्वकप छनोटमा छानिएपछि एमडीएसी स्पोर्टसले चैत ४ गते दशरथ रंगशालामा भएको एपीएफ र मनाङ मर्स्याङदी क्लबबीचको खेलमा उठेको टिकटको सम्पूर्ण रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको थियो ।

एपीएफ र मनाङको खेल हेर्न राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रंगशालामा पुगेका थिए ।

त्यस दिन साधारण प्यारापिटतर्फ १ हजार १२२ टिकट बिक्रीबाट १ लाख १२ हजार २०० र भीआईपी प्यारापिटतर्फ १२२ टिकट बिक्रीबाट ३६ हजार ६०० रुपैयाँ उठेको थियो । त्यो रकम कोषमा जम्मा गरेको एमडीएसी स्पोर्टसले जनाएको छ  ।

आईसीसी क्रिकेट विश्वकप लिग टूका नेपाल र यूएईबीचको अन्तिम खेलमा टिकटबाट उठेको रकमबाट क्यानले कल्याणकारी कोष बनाउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?